मलेसियालाई नेदरल्याण्ड्सले दियो १ सय ९२ रनको विशाल लक्ष्य

काठमाडौं। त्रिदेशीय सिरिजको आज जारी दोस्रो दिनको खेलमा नेदरल्याण्ड्सले मलेसियासामु १९३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १९१ रन बनाएको हो।

नेदरल्याण्ड्सका लागि म्याक ओडोवडले शतकीय पारि खेले। उनले ७३ बलमा १३३ रन बनाउँदा १५ चौका र ६ छक्का प्रहार गरे। त्यस्तै स्कट एडवार्डसले ३१ रन बनाउँदा बेन कुपरले २० रन बनाए। बलिङतर्फ मलेसियाका पवनदीप सिंह र अनवर रहमानले १—१ विकेट लिए। मलेसिया केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।

अन्य सम्बन्धित समाचार:  बुण्डेसलिगाको उपाधि लगातार नवौं पटक बायर्न म्युनिखलाई