कञ्चनपुरमा मोटरसाइकल दुर्घटनाः बेलौरीका एक जनाको मृत्यु

कञ्चनपुर। कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा बेलौरीका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको बेलौरी नगरपालिका ६ का अन्दाजी ४२ बर्षिया राजु बोहरा रहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले जानकारी दिए।

शनिबार साँझ भारतको उत्तरप्रदेश स्थित सम्पुर्णानगर बजार नजिकै सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालक बोहराको घटनास्थल मै मृत्युु भएको खडकाले बताए। मोटरसाईकलमा पछाडि सवार घाइते बेलौरी नगरपालिका ६ हात्तीबोझाका अन्दाजी ३० बर्षिया शिव दत्त रानाको उपचार भइरहेको प्रहरीले जनाएको छ। भारतको लखिमपुरमा शवको पोष्टमार्टम भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  सीमामा भारतीयको मनपरी, नेपाली महिलामाथि कुटपिट