कोरोना महामारीः विद्यालय अनिश्चितकालका लागि बन्द

माघ

इटहरी। विद्यार्थीमा कोरोना संक्रमण देखिन थालेपछि सुनसरी सदरमुकाम इनरुवाका विद्यालय अनिश्चितकालका लागि बन्द गरिएका छन्। इनरुवा नगरपालिकाले विज्ञप्ती जारी गर्दै अर्को सूचना नभएसम्मका लागि विद्यालय बन्द गर्ने जनाएको हो।

इनरुवाका केही विद्यालयका विद्यार्थीमा कोरोना संक्रमण देखिएको नगरपालिकाका सूचना अधिकृत निरज पोख्रेलले बताए। नगरपालिकाले सभा, सम्मेलन, मेला, जात्रा जस्ता भीडभाड हुने कार्यहरु पनि अनिश्चितकालका लागि रोकेको छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओली र नेपालपक्षका नेताबीच बालुवाटारमा संवाद, जुटेन सहमति