भाउजुको हत्या गरेर प्रहरी कार्यालय पुगेपछी…

काठमाडौं। भाउजुको हत्या गरेको आरोपमा काठमाडौंबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका १० अनामनगरमा भाउजु रोशनी राजभण्डारीको हत्या गरेको आरोपमा देवर मोहन राजभण्डारीलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ।

देवर मोहनले बुलबुले मार्गको गल्लीमा भाउजु रोशनीलाई फलामको रडले टाउकोमा हानेर गम्भीर घाइते बनाएको र उनको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। भाउजुको हत्या गरेको स्वीकार गर्दै मोहन राजभण्डारी आफै महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएको प्रहरीले जानकारी दिएको छ।

अन्य सम्बन्धित समाचार:  अझै उठेन ३ बालकको शव