राष्ट्रपतिद्वारा बादल थापालाई पुनः गृहमन्त्रीमा नियुक्त

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ लाई मन्त्री पदमा नियुक्त गरी गृह मन्त्रालयको कार्यभार तोकेकी छन्। राष्ट्रपति भण्डारीले आइतबार थापालाई गृह मन्त्रालयको कार्यभार तोकेकी हुन्। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा थापालाई नियुक्ति गरिएको हो।

प्रधानमन्त्री ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषदमा संविधानको धारा ७८ को उपधारा ९१० बमोजिम थापालाई कार्यभार तोकिएको विज्ञप्तिमा जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  जसपामा विवाद बढेपछि ठाकुर र यादवबीच वार्ता हुँदै