त्रिकोणात्मक सिरिजः नेदरल्यान्ड्ससँग मलेसिया पराजित

काठमाडौं। त्रिकोणात्मक टी—२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्याण्ड्सले मलेसियालाई पराजित गरेको छ। म्याक्स ओडाउटको कीर्तिमानी शतकप्रेरित नेदरल्यान्ड्सले मलेसियालाई १५ रनको नतिजामा पराजित गरेको छ। विस्फोटक ब्याटिङ गरेका ओडाउटले टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सका लागि पहिलो शतक बनाएका थिए। उनको उत्कृष्ट इनिङमा नेदरल्यान्ड्सले १९१ रनको योगफल तयार गरेको थियो। कप्तान पिटर सेलारको ९६ रनको कीर्तिमान तोड्दै नेदरल्यान्ड्सका लागि एकै खेलमा सर्वाधिक रन (१३३ अविजित) बनाउने खेलाडी ओडाउट बनेका थिए।

यसअघि कप्तान सेलारले स्कटल्यान्डविरुद्धको खेलमा ९६ रनको बनाएका थिए। नेदरल्यान्डका लागि ओपनिङमा आएका ओडाउटले ७३ बलमा १५ चौका र ६ छक्का प्रहार गरेका थिए। त्यस्तै, विकेट किपर ब्याट्सम्यान स्कट एड्वाड्र्सले ३१ तथा बेन कुपरले अविजित २० रन बनाए। मलेसियाका लागि पवनदीप सिंह र अनवार रहमानले १र१ विकेट लिए। १०२ रनको जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७६ रन मात्रै बनाउन सक्यो।

अन्य सम्बन्धित समाचार:  प्रिमियर लिगमा लेस्टर पराजित

मलेसियाका लागि बिरन्दीप सिंहले ५३ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८७ रन बनाएका थिए। त्यस्तै, सार्बिन मुनियान्दीले २८ तथा अमिनुद्धिन राम्लेले २६ रन बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। नेदरल्यान्ड्सका लागि आर्यन डट, बास डी लिट र सेबास्टियन ब्राटले २र२ विकेट लिए। पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको नेदरल्यान्ड्सको यो पहिलो जित हो। भोलि हुने खेलमा मलेसियाले घरेलु टोली नेपालको सामना गर्नेछ।