पूर्वराजा ज्ञानेन्द्र स्वदेश फर्किए, विमानस्थलभित्रै ‘हाम्रो राजा हाम्रो देश’ को नारा

काठमाडौं। भारत भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह आज स्वदेश फर्किएका छन्। त्रिभुवन विमानस्थलमा उनलाई भव्य स्वागत गरिएको छ। भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागि भएर फर्केका पूर्वराजालाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा ठूलो भीड जम्मा भएको छ। एउटा समूह विमानस्थलको भित्री गेटसम्म नै पुगेको थियो। विमानस्थलबाट बाहिरिने क्रममा पूर्वराजालाई पञ्चकन्याले सयपत्री फूलको माला लगाइदिए। विमानस्थलभित्र पञ्चेवाजासमेत घन्काइएको छ।

अर्को ठूलो समूह विमानस्थलको बाहिरी गेटमा जम्मा भएको छ। समर्थकहरूले राजसंस्थाको समर्थनमा नारावाजी गरेका छन्। धेरैको हातमा नेपालको राष्ट्रिय झण्डा छ। विमानस्थलमा र बाहिर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालित छन्।

अन्य सम्बन्धित समाचार:  हेटौंडामा ट्रक र बस ठोक्किदा १८ जना घाइते