एकै दिन १ हजार बढीमा कोरोना संक्रमण पुष्टि

देशभर

काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर थप १०९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ५०८४ जनाको पीसीआर र ६९९ को एन्टिजेन परीक्षण गरिएका थिए। यसमध्ये १०१५ जनामा पीसीआर परीक्षण र ८१ जना एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

काठमाडौँ उपत्यकामा सर्वाधिक ४३५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन्। हाल ८५ क्वारेन्टिन, ११६ जना आइसीयू र ४६ जना भेन्टिलेन्टरमा रहेका छन्। यही अवधिमा २६२ जना डिस्चार्ज भएका छन्।

अन्य सम्बन्धित समाचार:  कोरोना छल्न गाउँ छिरेकाहरू नै सङ्क्रमित