विद्यार्थीमा कोरोना देखिएपछि विराटनगरका विद्यालय एक साता बन्द

विराटनगर। विराटनगर महानगरपालिकाले एक साताको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। विराटनगरमा कोरोना संक्रमण दर बढेसँगै नगरभित्रका विधालय एक साताको लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको मेयर भीम पराजुलीले बताए। पछिल्लो समय विराटनगरमा २९ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ।

विराटनगर महानगरको शिक्षा समितिको बैठकले तत्काललाई एक साताका लागि महानगरभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखाका प्रमुख दुर्गा खतिवडाले जानकारी दिए। महानगरपालिकाको तथ्याङ्क अनुसार शनिबारसम्म विराटनगरमा १ सय ३८ जनामा कोरोना संक्रमण देखिएको थियो। तीमध्ये २९ जना २० वर्षमुनिका हुन्। नयाँ संक्रमित ७ देखि २० वर्षसम्मका छन्। स्वास्थ्यमन्त्रालयको कोरोना संवेदनशील जिल्लाको सूचीमा मोरङ पनि छ।

अन्य सम्बन्धित समाचार:  कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह