अनुशासन आयोगका प्रमुख बोहोराको ओलीलाई पत्रः सोमबारको बैठक तत्काल स्थगित गरौँ

काठमाडौं। एमालेको माधवकुमार नेपाल समुहले सोमबारका लागि बोलाएको आयोजक समितिको बैठक तत्काल स्थगित गर्न माग गरेको छ। नेपाल समुहका नेता तथा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्षसमेत रहेका अमृतकुमार बोहोराले आइतबार विशेष ध्यानाकर्षण पत्र जारी गर्दै यस्तो आग्रह गरेका हुन्।

‘अहिले बिग्रिरहेको स्थितिलाई सुधार गर्न विविध उपायहरु खोज्नुपर्नेमा उल्टै २०७८ बैशाख ६ गते आयोजक कमिटीको बैठक भनेर स्थितिलाई थप असहज बनाउने काम गरिँदैछ। यसलाई तत्काल रोक्नुपर्दछ। उत्तेजना, आवेग र अभिमान हावी भएर कुनैपनि निर्णय गर्नुहुँदैन। पार्टीमा संयम, धैर्यता र सुझबुझ राखेर निर्णय गर्नुपर्दछ’, बोहोराले भनेका छन्।

अन्य सम्बन्धित समाचार:  कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा दृढ संकल्पित छौंः प्रधानमन्त्री