बादलले लिए दौरासुरुवालमा पद तथा गोपनियताको सपथ

काठमाडौं। गृहमन्त्रीमा पुन: नियुक्त भएका रामबहादुर थापा ‘बादल’ ले सपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहमा थापालाई पद तथा गोपनियताको सपथ गराएकी छन्।

सपथ लिन बादल नेपाली पोशाक दौरासुरुवालमा उपस्थित भएका थिए। यसअघि सामान्यतया माओवादीका मन्त्रीहरूले सपथमा सुटपेन्ट लगाउने गरेका थिए।

नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि माओवादीको कारवाहीको पत्रानुसार संसद सचिवालयले आज बिहान बादलको पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको थियो।

अन्य सम्बन्धित समाचार:  केपी ओलीसँग कुनै सहमति भएको छैनः माधव नेपाल