कर्णाली प्रदेशः नवनियुक्त मन्त्रीले लिए शपथ

सुर्खेत। कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मतदान गरेका एमालेको माधव नेपाल पक्षका तीन जना मन्त्रीले शपथ लिएका छन।

प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाही, भौतिक पूर्वाधार विकास मन्त्रीमा अम्मरबहादुर थापा र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढालाई प्रदेश प्रमुखले शपथग्रहण गराएका हुन्। उक्त समारोहमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही , सभामुख राजबहादुर शाहीलगायतका उच्च पदस्थ अधिकारीको उपस्तिथि थियो।

अन्य सम्बन्धित समाचार:  कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन, थपिए दुई मन्त्री