माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं। नेकपा माओवादी केन्द्रको आजको लागि बोलाएको स्थायी कमीटी बैठक स्थगित भएको छ। पेरिसडाँडास्थित पार्टी कार्यालयमा सोमबार दिउँसो १ बजे बोलाइएको बैठक भोलि (मंगलबार) १ बजे निर्धारण गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।

ढकालका अनुसार नेताहरूको कार्यव्यस्तताका कारण बैठक सारिएको हो। बैठकमा पार्टी सांगठानिक संरचना निर्धारणबारे कार्यदलको सुझाव, सरकारलाई दिएको समर्थन फिर्ता र केन्द्रीय कमिटी बैठक बोलाउनेलगायतको छलफल हुने बताइएको थियो।

अन्य सम्बन्धित समाचार:  एमालेको सबै भोट मलाई आउँछ, मेरो जित पक्का छः गृहमन्त्री बादल