त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको साढे २४ लाखसहित एक पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले मोरङ कानेपोखरी गाउँपालिका ७ घर भएका ३३ वर्षीय चुडामणी बस्नेतलाई आइतबार साँझ पक्राउ गरेको हो।

काठमाडौंबाट यति एयरको जहाज चढेर मोरङ जान लागेका उनलाई विमानस्थलको आन्तरिक उडानतर्फको हेण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्नेक्रममा उक्त स्रोत नखुलेको नगद सहित प्रहरीले पक्राउ गरेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते