बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं। बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कोहलपुर नगरपालिका—१४ का ७५ वर्षीय पुरुषको आइतबार राति १२ बजे मृत्यु भएको हो। पक्षघातसम्बन्धी रोगको उपचार गराएर वैशाख ४ गते भारतबाट फर्केका उनी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए। आइतबार गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो।

स्वास्थ्यमा सुधार हुने संकेत नदेखिएपछि चिकित्सकसँगको समन्वयमा परिवारजनले उनलाई घरमै लगेर गएका थिए। परिवारजनका अनुसार आइतबार राति १२ बजेको समयमा उनको मृत्यु भएको फोकल पर्सन ओलीले बताए। योसँगै बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६१ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ८,४१८ जनामा कोरोना संक्रमण पुष्टि