नेपाललाई मलेसियाले दियो ११० रनको लक्ष्य

काठमाडौं। त्रिकोणात्मक टी–२० सिरिजमा मलेसियाले नेपाललाई ११० रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाएर १०९ रन बनाएको हो। मलेसियाका लागि ओपनर सायद अजिजले सर्वाधिक २९ रन बनाए । उनले २४ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे।

यस्तै शार्भिन निएन्डीले १५ बल खेल्दै १ छक्का मद्दतमा २० रन जोडे। शाफिक शारिफले १५ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। बलिङमा नेपालका लागि करण केसीले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। यस्तै सन्दीप लामिछाने ३.५ ओभरमा २५ रन खर्चेर २ विकेट लिए। यस्तै सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, शाहब आलम र कुशल मल्ले समान १ विकेट लिए। दीपेन्द्रले टी–२० अन्तर्राष्ट्रियमा पहिलो विकेट लिएका हुन्।

अन्य सम्बन्धित समाचार:  इङ्ग्लिस प्रिमियर लिगः शीर्ष स्थानको सिटी पराजित