नेप्से ३७.५८ अंकले घट्यो

काठमाडौं। सेयर बजार परिसूचक नेप्सेमा आज ३७.५८ अंकको गिरावटसँगै २६६१.९३ अंकको बिन्दुमा कारोबार बन्द भएको छ। २१३ कम्पनीको १ करोड ४१ लाख ९० हजार ८६० कित्ता सेयर किनबेच भएको नेप्सेमा ६ अर्ब ७५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा समेत ७.०६ अंकको गिरावटसँगै ४७९.१ अंकको बिन्दुमा कारोबार बन्द भएको छ।

समूहगत परिसुचक तर्फ जलविद्युत समूहका कम्पनीको ३.१८ अंक र वित्त कम्पनीहरुको ६.१७ अंक बाहेक अधिकांस कम्पनीको सेयर कारोबार घटेको छ। सबैभन्दा धेरै निर्जीवन बीमा समूहका कम्पनीहरुको कारोबार २३९.१३ अंकले घटेको छ। त्यस्तै जीवन बीमा समूहको सुचाङ्कमा १२९.७७ अंकको गिरावट आएको छ। आज ज्योति बिकास बैंकका लगानीकर्ताले ९८ र महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९४ अंकले कमाएका छन्।

अन्य सम्बन्धित समाचार:  प्रतितोला ११ सयले बढ्यो सुनको मूल्य

चन्द्रागिरी हिल्सको तेस्रो क्वाटरको प्रतिवेदनमा पनि घाटाको बिबरण सार्वजनिक भएपश्चात यसका लागानीकर्ताले सबैभन्दा धेरै ९.८ प्रतिशतले गुमाएका छन्। २८ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको नागरिक लगानीकोषको सेयर कारोबार रकमका आधारमा अग्रस्थानमा रह्यो।