मास्क लगाए मात्र सार्वजनिक सवारी र कार्यालयमा प्रवेश गर्न पाइने

काठमाडौं। सरकारले मास्क नलगाएकाहरुलाई सार्वजनिक कार्यालय र सवारीमा प्रवेश नदिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पास गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक सवारीमा मास्क अनिवार्य गरेको छ।

सिट क्षमता बराबर मात्र यात्रु राख्न पाइने र कुनै यात्रु मास्क नलगाइ आएमा बढीमा १० रुपैयाँ लिएर सवारी चालकरसहचालकले मास्क उपलब्ध गराउनु पर्ने जनाइएको छ। मास्क नलगाउनेलाई भने सार्वजनिक सवारीमा चढ्न नदिने निर्णयमा उल्लेख छ।

यस्तै सार्वजनिक कार्यालय, डिपार्टमेन्ट स्टोर तथा सपिङ मलहरुमा पनि मास्क अनिवार्य गरिएको छ। मास्क नलगाउनेलाई कार्यालय र पसलमा प्रवेश दिइनेछैन।

अन्य सम्बन्धित समाचार:  हेलिकोप्टरमा चितवन ल्याउँदै कोरोना सङ्क्रमित