कोरोनाविरुद्ध सरकारद्वारा कडाई, के गर्न पाइने के नपाइने?

काठमाडाैं

काठमाडौं। सरकारले कोरोना भाइरस संक्रमणको रोकथामका लागि कडाई गर्ने निर्णयहरु सार्वजनिक गरेको छ। कोरोना भाइरसको दोस्रो लहरको खतरालाई दृष्टिगत गरी मन्त्रिपरिषद्को निर्णयबाट कडाईका निर्णयहरु गरिएको हो। सरकारका प्रवक्ता सञ्चार, सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङ्गले मन्त्रिपरिषदले सार्वजनिक सवारीमा मास्क अनिवार्य गरेको जानकारी दिए। मास्क नलगाएकालाई सार्वजनिक सवारीमा यात्रा गर्न दिइनेछैन।

सार्वजनिक सवारीमा अब सिट बराबर मात्र यात्रु राख्न पाइनेछ। सवारीमै मास्कको व्यवस्था गर्नुपर्ने र नलगाएकाले रु १० अधिकतम तिरेर खरिद गर्न सक्नेछन्। विवाह, ब्रतबन्ध, मेला, महोत्सव, जात्रा, पर्व, मलामीलगायत संस्कारहरुमा  २५ भन्दा बढी सहभागी हुन पाउनेछैनन्। पार्टी प्यालेसको आवश्यकता परेमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनुमती लिनुपर्नेछ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रियसभा उपचुनावमा एमालेको उम्मेदवार गृहमन्त्री बादल नै

होटल तथा रेष्टुरेन्टहरु विहान ८ देखि बेलुका ८ सम्म मात्र सञ्चालन गर्न पाइने निर्णय भएको छ। मुख्य शहरका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ।