कोरोना खोपको दोस्रो डोज दिइँदै

काठमाडौं। कोरोना भाइरस विरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ। खोप अभियानका सुरुवातमा पहिलो डोजको खोप लगाएकालाई मंगलबारबाट दोस्रो डोज खोप दिन लागिएको हो। नेपालका माघ १४ बाट कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो। सुरुमा कोरोना रोकथाम नियन्त्रणमा फ्रन्ट लाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिएकाहरुलाई खोप दिइएको थियो।

भारत सरकारले अनुदानमा दिएको कोभिशिल्ड खोप नेपाल आएपछि नेपालमा खोप अभियान सुरु भएको थियो। गत माघ १४ देखि फागुन १० सम्म पहिलो खोप लगाएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी लगायतलाई ११ गतेसम्म दोस्रो मात्रा लगाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ८,४१८ जनामा कोरोना संक्रमण पुष्टि