सुनको मुल्य घट्यो

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। सुन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ।हिजो सोमबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९० हजार ७ सय रुपैयाँ भएको छ। त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार २०० रुपैयाँ रहेको छ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ। हिजो १३ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  प्रतितोला ११ सयले बढ्यो सुनको मूल्य