एमालेले नेपाल समुहका २७ संघीय सांसदसहित ३२ जनालाई स्पष्टीकरण पत्र पठाउने

काठमाडौं। पार्टी अनुशासन उल्लंघनको आरोपमा नेकपा एमालेले माधवकुमार नेपाल समुहका २७ जना प्रतिनिधिसभा सांसदसहित २७ जनालाई स्पष्टीकरण सोध्न लागेको छ। आजै उनीहरूलाई स्पष्टीकरण पत्र पठाइन तयारी रहेको पार्टी स्रोतले जनाएको छ। कर्णालीमा ‘फ्लोर क्रस’ गरेर एमालेका सांसदहरूले सरकारको पक्षमा मतदान गरेपछि अध्यक्ष केपी ओली माधव समूहप्रति आक्रामक बनेका छन्।

कर्णालीको घटनामा केन्द्रकै नेताहरूलाई समेत जिम्मेवार ठर्हयाएर उनीहरूलाई ‘अन्तिम स्पष्टीकरण’ सोध्न लागिएको हो। माधव नेपाल समुहका ३५ संघीय संसदमध्ये २७ जनालाई स्पष्टीकरण पत्र पठाउन लागिएको छ। स्पष्टीकरण सोधिनेमा अन्य कर्णालीका नेताहरू छन्। माधव नेपालसहित चार प्रमुख नेताहरूलाई यसअघि नै ६ महिने निलम्बनमा छन्। अब उनीहरुलाई त्योभन्दा कडा कारवाही हुने प्रधानमन्त्री केपी ओलीले हिजोको बैठकमा जानकारी दिएका थिए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीले संवैधानिक परिषद् बैठक बोलाएकोमा नेपालको आपत्ति

माधव नेपाल पक्षबाट कर्णालीमा अक्षम्य अपराध भएको उनको आरोप छ। अबको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआए नेताहरुलाई पार्टीबाट निष्कासनसम्म हुन सक्ने बताइएको छ।