धरान— सामुदायिक तथा निजी विद्यालयले पालना गरेनन् सरकारको निर्णय

सुनसरी। धरान उप—महानगरपालिकाको सामुदायिक तथा निजी विद्यालयहरुमा मंगलबार पनि भौतिक उपस्थितिमै पढाइ भएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अति प्रभावित शहरी क्षेत्र उपत्यकाका, धरान लगायतको विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो।

धरानमा विद्यालय बन्द गर्नुपर्ने अवस्था नभएकोले विद्यालयहरु बन्द नभएको संस्थागत विद्यालयहरुको संगठन प्याब्सन तथा एन प्याब्सनको संयुक्त समिति एरिया कोअर्डिनेसन कमिटि (एसिसि)का अध्यक्ष राजेन्द्र गुरुङले जानकारी दिए। धरान उप–महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख रत्न कटुवालले भने आधिकारिक सूचना नपाएको कारण विद्यालय खुलेको बताए।

अन्य सम्बन्धित समाचार:  हाल ५० लाख डोज कोभिसिल्ड खरिद गर्ने अवस्था छैनः स्वास्थ्य मन्त्रालय