बाँकेमा ६ कर्मचारीलाई कोरोना पुष्टि—वडा कार्यालय बन्द

काठमाडौं। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर—१ का ६ जना कर्मचारीमा कोरोनो संक्रमण पुष्टि भएको छ। ८ जना कर्मचारी मध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जोखिमलाई मध्यनजर राखेर परिस्थिति अनुकुल नभएसम्मका लागि वडा कार्यालयबाट प्रदान गरिने सेवा बन्द गरिएको वडाध्यक्ष प्रमोद रिजालले बताए।

वडाध्यक्ष रिजालका अनुसार दुई जना कर्मचारीको रिपोर्ट शनिबार र चारजनाको रिपोर्ट सोमबार राति आएको बताए। संक्रमण पुष्टि भएका सबै जना कर्मचारी होमआइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको वडाध्यक्ष रिजालले बताए।

अन्य सम्बन्धित समाचार:  फिल्म फेस्टिभल ‘निफ’ आजबाट सुरु हुँदै