ओलीलाई नेपाल पक्षको जवाफ: अर्को पार्टी बनाएका छैनौं

काठमाडौं। नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरुले पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन्।

प्रधानमन्त्री ओलीले २७ प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेपछि मंगलबार दिउँसो नेपाल पक्षका सांसदहरुको बैठक बसेको थियो। बैठकले पार्टी फुटाउने उद्देश्यका साथ झुटा आरोपहरु लगाएर स्पष्टीकरण सोधिएको भन्दै त्यसको सामना गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री ओली र उनको पक्षले २८ फागुनमा एकलौटी निर्णय गरेर पार्टीलाई विभाजनको दिशामा लगेको भन्दै नेताहरुले त्यसको सामना गर्ने बताएका छन्। पार्टीले सोधेको स्पष्टीकरणको जवाफ पनि दिने सांसद गणेश पहाडीले बताए।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमणबाट वडाध्यक्ष तामाङको निधन