सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ

वीरगञ्ज। वीरगञ्जमा सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका–२४ का ३६ वर्षीय प्रमोद सर्राफलाई प्रक्राउ गरेको जनाइएको छ।

उनीविरूद्ध सोमबार छिमेकी बालिकालाई १० रुपैयाँ दिएर ललाइफकाइ बलात्कार गरेको अभियोग लागेको प्रहरीले जनाएको छ। जबर्जस्ती करणी मुद्दामा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई घटनाबारे थप अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।

अन्य सम्बन्धित समाचार:  सर्वोच्चले दियो पक्राउ परेका पत्रकार रिहा गर्न आदेश