डोटीमा भारतबाट आएका युवकको मृत्यु— स्थानीयवासी त्रसित

माेटरसाइकल

डोटी। भारतबाट आएका एक युवकको मृत्यु भएपछि डोटीको दिपायल सिलगढी नगरपालिका–१ घटाली गाउँका बासिन्दा त्रसित बनेका छन्।११ दिनअघि भारतबाट आएका ३४ वर्षीय हरिलाल जोशीको मंगलबार मृत्यु भएको हो। तर उनको मृत्युको कारण भने खुलेको छैन। जोशीमा सामान्य स्वास्थ्य समस्यापछि एकाएक छटपटाहट सुरु भएको स्थानीयले जानकारी दिएका छन्।

उनको मृत्यु हुनुको कारण नखुलेपनि कोरोना संक्रमणबाट मृत्यु भएको आशंकामा स्थानीय त्रसित भएका हुन्। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार मृतक हरिलालका दाजु सिताराम जोशीको शनिबार भारतमै कोरोना संक्रमणबाट मृत्यु भएको थियो। भारतमा उनका दाजुको कोरोनाका कारण मृत्यु भएको हल्लाले शोकसँगै गाउँमा त्रास बढेको स्थानीयले बताए।

अन्य सम्बन्धित समाचार:  गाई काटेको अभियोगमा २ जना पक्राउ