एकै विद्यालयका ३९ विद्यार्थीमा कोरोना पुष्टि, वैशाख ९ देखि लकडाउन घोषणा

अमेरिका कोरोना

बाँके। बागलुङको जनताधन माविका थप ३९ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा उक्तमा कोरोना पोजेटिभ देखिएको जनाइएको छ। बागलुङ नगरपालिका–१४ नारायणस्थानको जनताधन माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक गरी ३९ जनालाई संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य कार्यालय बागलुङले यस अघि सोही विद्यालयका दुई शिक्षक र एक विद्यार्थीमा कोरोना देखिएपछि ९८ जना विद्यार्थी र शिक्षकको स्वाब परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिएका छन्।

यस्तै बाँकेमा वैशाख ९ गतेदेखि लकडाउन घोषणा गर्ने निर्णय भएको छ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख ९ गतेदेखि एक सातासम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो।

अन्य सम्बन्धित समाचार:  बाँकेमा कोरोनाबाट थप १२ जनाको मृत्यु