काठमाडौं प्रशासनले गर्यो सार्वजनिक ठाउँमा ‘नथुक्न’ आग्रह

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्न काठमाडौंवासीलाई आग्रह गरको छ। नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमण नेपालमा पनि बढेको हुनाले त्यसलाई नियन्त्रणका लागि मंगलबार जिल्ला प्रशासन कार्यालयले त्यस्तो आग्रह गरेको जनाइएको छ।

प्रशासनले काठमाडौंमा मास्कको प्रयोग अनिवार्य गर्न निर्देशनात्मक सूचना जारी गरेको छ। प्रयोग गरेको मास्क जथाभावी नफाल्न र पाँच दिनपछि मात्र बिसर्जन गर्न प्रशासनको आग्रह छ। विदेशबाट नेपाल आएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको कोरोना नतिजा नेगेटिभ भएपनि १० दिन होम क्वारेन्टाइनमा अनिवार्य बस्न प्रशासनको अपिल छ।

पिसिआर परीक्षणका लागी स्वाव दिएपछि हिँडडुल नगर्न र स्थानीय तहमा क्वारेन्टिन र आइसोलेशनमा बसेकालाई सक्दो सहयोग गर्न आग्रह गरिएको । जिल्ला प्रशासन कार्यालयको आग्रह अटेर गर्नेलाई संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गरिने प्रशासनले चेतावनी दिएको छ।

अन्य सम्बन्धित समाचार:  स्‍नातक र स्‍नाकोत्तर तहको परीक्षाको आवेदन भर्ने कार्य स्थगित