माधव नेपाललाई ६ महिनाको निलम्बनले पुग्दैन, पार्टीबाटै निस्काशन गनुपर्छ: कर्णबहादुर

काठमाडौं। नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले माधवकुमार नेपाल लगायतलाई पार्टीबाट निकाल्नुपर्ने बताए। मंगलबार काठमाडौंमा आयोजित नेपाल खेलकुद महासंघको राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘माधव नेपाललाई अब ६ महिनाको निलम्बनले पुग्दैन, उहाँहरुलाई पार्टीबाट निस्कासन गर्नुपर्छ, भ्रमबाटै मान्छेलाई एकत्रित गरेर अन्तै लैजाने उहाँको षड्यन्त्र छ। यो भयङ्कर र जटिल प्रकारको षडयन्त्र उहाँहरुले गर्दै हुनुहुन्छ।’

नेपाल पक्षले प्रचण्डको महत्वकांक्षालाई मलजल गरेर कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्ने कसम खाएर लागेको आरोप समेत उनले लगाए।

अन्य सम्बन्धित समाचार:  विश्वासको मत नपाए मार्ग प्रशस्त गरिदिन्छु: प्रधानमन्त्री ओली