भारतबाट फर्केका पूर्वराजा शाहलाई संक्रमण पुष्टि, निर्मलनिवासमै सेल्फ आइसोलेसनमा

काठमाडौं। भारतको हरिद्वारमा कुम्भमेलामा स्नान गरेर फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहमा कोरोना संक्रमण पुष्टि भएको छ। भारतबाट फर्केपछि कोरोना पीसीआर जाँच गर्दा दुबैमा कोरोना पोजेटिभ देखिएको पूर्वराजाका निजी सहयोगी फणि पाठकले बताए।

पाठकले भने ‘भारत भ्रमणबाट नेपाल फर्किबक्सेपछि कोभिड पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएकाले निर्मलनिवासमा सेल्फ आइसोलेसनमा राज होइबक्सेको छ।’ निर्मल निवास स्रोतका अनुसार यसबीचमा पूर्व राजपरिवारको साथमा रहेका अरुको पनि पीसीआर जाँच गरिएको छ।

अन्य सम्बन्धित समाचार:  खोप चाँडै आपूर्ति गर्ने सेरमको जवाफ