मास्क नलगाउने १३२५ जना माथि कारबाही

काठमाडौं। कोरोना संक्रमण फैलिँदै गर्दा काठमाडौंमा मास्क नलागाइ हिँड्नेमाथि कारबाही थालिएको छ। सोमबार मात्रै प्रहरीले मास्क नलगाउने १३२५ जनालाई नियन्त्रणमा लिएर केहीबेर होल्डमा राखेर सम्झाइबुझाइ छाडेको छ।

नयाँ भेरियन्ट सहितको कोभिड १९ महामारी काठमाडौमा समेत बढ्दै गएको सन्दर्भमा सोको रोकथाम तथा नियन्त्रणका लागि संक्रामक ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोमबार बिहान मास्क नलगाई हिँड्ने ३२२ महिला र १००३ पुरुष गरी १३२५ जनालाई केही समय होल्ड गरी सम्झाइबुझाइ गरेर छाडिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश कुमार बस्नेतले बताए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले माधव नेपालसँग निर्णायक वार्ता गर्ने, कारबाही फुकुवा गर्नेबारे छलफल