काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा

काठमाडौं। कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा आगामी बिहीबारदेखि निषेधाज्ञा जारी हुने भएको छ। अर्को सूचना जारी नभएसम्म वैशाख १६ गते बिहीबारदेखि निषेधाज्ञा जारी हुने भएको जनाइएको छ। पहिलो चरणमा एक हप्ताका लागि निषेधाज्ञा जारी हुने भनिए पनि कम्तीमा एक महिनासम्म निषेधाज्ञा लागू हुने एक उच्च सरकारी अधिकारीले जानकारी दिए।

काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो। निषेधाज्ञा अवधिबर अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने छन्।

अन्य सम्बन्धित समाचार:  २०७५ जेठ २ गते वरपर रहेर समस्या समाधान गर्ने एमालेमा सहमति