काठमाडौं उपत्यका छाड्नेलाई दुई दिन मौका

काठमाडौं। सरकारले लकडाउन गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौं बाहिर जानेहरूलाई कम्तीमा दुई दिनको समय दिइने बताए।

काठमाडौं संक्रमणको स्थिति गम्भीर देखिएकोले कम्तिमा एक साता निषेधाज्ञा अथवा लकडाउन गर्नेगरी माथिल्लो निकायमा सिफारिस गरिएको पनि उनको भनाइ छ। कुनै एक क्षेत्रलाई मात्रै बन्द गर्दापनि संक्रमणको अवस्थालाई ब्रेक गर्न नसकिने भएकाले सम्पूर्ण क्षेत्रलाई पूर्ण रुपमा बन्द गराउन निषेधाज्ञा जारी गर्ने निर्णय भएको पनि बताए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीको प्रचण्डलाई जवाफ– आफूले नसक्ने अरूले सरकार बनाउँदा प्रतिगमन देख्ने