कैलाली र कञ्चनपुरमा ‘लकडाउन’

काठमाडाैं

कैलाली। कैलाली र कञ्चनपुरमा आजदेखि रातिको समयमा लकडाउन गर्ने निर्णय गरिएको छ। कोरोना संक्रमण बढ्दै गएपछि राति ८ बजेदेखि बिहान ५ बजेसम्म लकडाउन गर्ने निर्णय गरिएको जनाइएको छ। दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको बैठकले यस्तो निर्णय गरेको हो।

यो समयमा हिँडडुल गर्न पनि बन्देज लगाइएको छ। अन्य समयमा पनि अनिवार्य कामबाहेक बाहिर ननिस्कन आग्रह गरिएको छ। बैठकले स्थानीय थहरुलाई साविकका क्वारेन्टाइन र आइसोलसनलाई पुनः सञ्चालनमा ल्याउन र आवश्यक ठाउँमा थप गर्न आग्रह गर्ने निर्णय गरिएको छ।

अन्य सम्बन्धित समाचार:  कैलालीमा थपियो एक साता निषेधाज्ञा