देशभर एकै दिनमा ३५ सय ५६ जनामा संक्रमण पुष्टि

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ३५ जना ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १२४०० जनाको पीसीआर परीक्षण र ८९३ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ३४४२ जना र ११४ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ।

यही अवधिमा थप ३७८ जना निको भएका छन्। नेपालमा हालसम्म निको हुनेको संख्या २ लाख ७७ हजार ९५१ रहेको छ। पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ। नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ३१७६ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  देशभर नौ वर्षमुनिका २१३ बालबालिकामा कोरोना संक्रमण