सिरहामा युवकको मृत्युपछि कोरोना संक्रमण पुष्टि

सिरहा। सिरहामा एक युवकको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ। गोलबजार नगरपालिका–६ का ३४ वर्षीय युवकको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

स्थानीय भूमिजा अस्पतालमा उपचार गराइरहेका युवकको अवस्था जटिल भएपछि वैशाख ६ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो। धरान जाने क्रममा बाटोमै मृत्यु भएका युवकको धरानमै स्वाब लिएर परीक्षण गर्दा वैशाख ७ गते पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक कमलेश यादवले बताए। योसँगै कोरोना संक्रमण पुष्टि भएर सिरहामा मृत्यु हुनेको संख्या २६ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  ७५० पत्रकारमा कोरोना संक्रमण पुष्टि