कोरोना संक्रमण रोक्न सबै प्रकारका उपाय अपनाउन देउवाको माग

काठमाडौं। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणलाई रोक्ने सबै प्रकारकार उपायहरू अपनाउन सरकारसँग माग गरेका छन्।

सोमबार विज्ञप्ति जारी गर्दै संक्रमितहरूको उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामाग्रीहरूको उपलब्धता र स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न आवश्यक व्यवस्था मिलाउने विषयमा गम्भीर हुन पनि माग गरेका छन्।

अन्य सम्बन्धित समाचार:  सभापति देउवालाई भेटेपछि माधव नेपाल सिधै राष्ट्रपति भवनमा