सडक दुर्घटनामा एक महिलाको मृत्यु

धनुषा। धनुषामा आज भएको सडक दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरमा आज यात्रुवाहक बसको ठक्करबाट एक महिलाको मृत्यु भएको हो।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने ६८ वर्षीया बेच्नीदेवी मण्डल रहेको प्रहरीले जनाएको छ। मण्डललाई बाटो काट्ने क्रममा जनकपुरधामबाट राजविराज जाँदै गरेको ना४ख ८०६१ नंको बसले रामानन्दचोक नजीक ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो।

बस र त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेको र मृतकको शवपरीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  प्रेस पासको दुरुपयोग भए कारवाही