विहे र व्रतबन्धमा १५ जना भन्दा बढि सहभागि हुन नपाइने 

काठमाडौं। काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधीभर विहेव्रतवन्धको हकमा बढीमा १५ जना सहभागि हुन पाउने भएका छन्। विहेव्रतवन्ध गर्नको लागि जिल्ला प्रशासन कार्यालयको अनुमति अनिवार्य गरिएको छ।

बैशाख १६ गते विहानदेखि बैशाख २२ गते मध्यरातीसम्म जारी निषेधाज्ञामा सो नियम पालना गर्न प्रशासनले आदेश दिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासनले संयुक्त विज्ञप्ती जारी गर्दै सो नियम पालना गर्न आग्रह गरेका हुन्।

 

अन्य सम्बन्धित समाचार:  कोभिड संकटका बेला अक्सिजन अभाव हुन नदिन महावीर पुनका ६ सुझाव