पराजयसंगै मिलान पाँचौ स्थानमै सिमित

काठमाडौं। इटालियन सिरिए फुटबल प्रतियोगितामा छैटौं स्थानको लाजियोले एसी मिलानलाई ३–० ले हराएको छ।

यस हारपछि मिलान पाँचौ स्थानमै सिमित भयो। लाजियोबाट जोआक्विन कोर्रियाले २ तथा सिरो इम्मोबिलले दुई गोल गरे।

३३ खेलबाट ७९ अंक बटुलेको इन्टर मिलान सिरिए एको उपाधि नजिक पुगिसकेको छ। दोस्रो स्थानमा ६८ अंकसहित एटलान्टा छ।

तेस्रो स्थानको नपोली, चौथो स्थानको युभेन्टस् र पाँचौ स्थानको मिलानको समान ६६ अंक छ। यदी, लाजियोविरुद्ध जित निकाल्न सकेको भए मिलान सोझै दोस्रो स्थानमा पुग्ने थियो।

मिलानविरुद्ध हासिल गरेको जितपछि लाजियोको ६१ अंक पुुगेको छ । सिरिएअन्तर्गत सातौं स्थानको एएस रोमाको ५५ अंक छ।

अन्य सम्बन्धित समाचार:  नेपाल सुपरलिगमा आज ललितपुर र बुटवल भिड्दै