सुनको मूल्य घट्यो

काठमाडौं। मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। सोमवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार ३ सय रहेको छ।

आज सुनको मूल्य तोलामा १ सयले गिरावट आइ प्रतितोला सुन ९१ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मुल्य ९० हजार ८ सय रहेको तर आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भएको छ।

सोमवार चाँदीको मूल्य १३ सय १० रहेकोमा आज मूल्य वृद्धि भइ प्रतितोला चाँदीको मूल्य १३ सय १५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  बजेट निर्माण टोलीलाई कोरोना भएपछि कार्य तालिका प्रभावित