जसपाको पदाधिकारी बैठक जारी

काठमाडौं। वर्तमान राजनीतिक निकासका लागि छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को पदाधिकारी बैठक बसिरहेको छ।

बैठक पार्टी कार्यालय बालकुमारीमा जारी रहेको जसपाका नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए।

यसअघि स्थगित हुँदै आएको कार्यकारिणी समितिको बैठक पनि आजै बस्ने उनले जानकारी दिएका छन्।

बैठकमा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समिति अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताद्वय अशोककुमार राई र राजेन्द्र महतो तथा केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ सहभागी रहेको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  सभापति देउवालाई भेटेपछि माधव नेपाल सिधै राष्ट्रपति भवनमा