अभिनेत्रीले गराइन् आफ्नै दाजुको हत्या

काठमाडौं। मुम्बईको कन्नड फिल्म उद्योगकी अभिनेत्री शनाया काटवेलाई हुबलीको प्रहरीले पक्राउ गरेको छ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार प्रहरीले शनायाको दाजु राकेशको शव अलग–अलग सडकमा टुक्रा भएको अवस्थामा बरामद गरेको हो। शनायामाथि आफ्नो दाजुको हत्या आरोप लागेको छ।

प्रहरीले राकेशको निर्ममतापूर्वक हत्या भएको जनाएको छ। प्रहरीले राकेशको काटिएको शीर देवरागुडीहलको जंगलमा बरामद गरेको थियो। जबकी उनको शरीरको बाँकी भागको टुक्रा अलग–अलग स्थान र गदग रोडबाट बरामद गरेको छ।

घटनाको अनुसन्धानरत प्रहरीले अन्य चार आरोपीलाई पनि पक्राउ गरेको छ। जसको नाम नियाज अहमद काटीगार, तौसीफ छन्नापुर, अल्ताफ मुल्ला र अमन गिरानीवाले हुन्।

प्रहरीले अनुसन्धानमा राकेशको हत्याको प्रमुख योजना उनकी दिदी शनायाले बनाएको जनाएको छ। शनायाले यस्तो काम गर्नुको पछाडि उनको प्रेम सम्बन्ध रहेको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  बम राख्दै गरेका तालिबानी लडाकूको विस्फोटमा मृत्यु

समाचारअनुसार शनाया र नियाज एक अर्कालाई प्रेम गर्छन्। तर उनको दाजु यो सम्बन्धको विरुद्धमा रहेपछि नियाजकै योजना अनुसार उनको हत्या गरिएको हो।

गत अप्रिल ९ मा शनाया आफ्नो फिल्म प्रमोसन गर्न हुबली गएको बेला राकेशको हत्या भएको हो।