माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। उक्त बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बस्न लागेको हो।

बैठक नयाँ सरकार बनाउने, अन्य दलहरुसँगको छलफललगायत विषयमा केन्द्रित हुने प्रवक्ता नारायणकाजी श्रेष्ठल जानकारी दिए। माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेको छैन।

यसअघिको बैठकले समर्थन फिर्ताको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको थियो। त्यस्तै, बैठकले राजनीतिक प्रतिवेदन तयार पार्नेलगायत निर्णय गरेको थियो।

अन्य सम्बन्धित समाचार:  माधव नेपाललाई आफ्नै पक्षका नेताको प्रश्नः बादलसहितको बैठकमा किन बसेको?