बालिका बलात्कार अभियोगमा एक जना पक्राउ

काठमाडौं। ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँको चन्द्रागिरी नगरपालिका—१४ नैकाप बस्ने तनहुँ, दमौली नगरपालिका १४ घर भएका ६३ वर्षीय कमल थापालाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ।

थापाले ती बालिकालाई जबरजस्ती करणी गरेको भने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

अन्य सम्बन्धित समाचार:  आफुले चढ्ने गाडीे एम्बुलेन्स बनाउने सिडिओको घोषणा