कोरोना संक्रमणबाट ७६ वर्षीय पुरुषको मृत्यु

सुर्खेत। सुर्खेतमा कोरोना संक्रमणबाट ७६ वर्षीय एक पुरुषको मृत्यु भएको छ। आज बिहान उपचारका क्रममा ती पुरुषको मृत्यु भएको हो।
दीर्घरोगबाट ग्रसित ती पुरुष आइतबार राति प्रदेश अस्पताल कालागाउँमा भर्ना भएका थिए।

सोमबार कोरोना परीक्षण गर्दा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। ती पुरुष जुम्ला तिला गाउँपालिका–२ घर भइ हाल सुर्खेतस्थित वीरेन्द्रनगरमा बस्दै आएका थिए। यो सँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा नयाँ प्रविधि: ‘रोबो भ्यान’ बन्दै