एमाले सांसदले गरे गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध

पोखरा। नेकपा एमालेका सांसदहरूले पीसीआर परीक्षणको माग गर्दै गण्डकी प्रदेश सभाको जारी बैठक अवरुद्ध गरेका छन्। कोरोनाको संक्रमण दर तीव्ररूपमा फैलिएकोले परीक्षणपछि मात्र बैठक सञ्चालन गर्ने व्यवस्था मिलाउन उनीहरूले आग्रह गरेका छ्न्। बैठक शुरू हुनासाथ सांसदहरू उठेर सदन अवरुद्ध गरेका छन्।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा हिजोदेखि सदनमा छलफल चलिरहेको छ। कार्यसूची सबैको सर्वसहमतिमा भएकाले बैठकमा सहभागी हुन अनुरोध गरेपनि एमाले सांसदहरूले इन्कार गरेपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि बैठक स्थगित गरेका छन्।

अन्य सम्बन्धित समाचार:  कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा दृढ संकल्पित छौंः प्रधानमन्त्री