ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित भएपछि उनलाई सैनिक अस्पताल, छाउनीमा भर्ना गरिएको छ।

स्वास्थ्य अवस्था सामान्य रहे पनि सावधानी अपनाउँदै अस्पताल भर्ना गरिएको रायमाझीको सचिवालयले जनाएको छ। अर्घाखाँचीमा भएको कार्यक्रममा सहभागी भएर फर्किएपछि उनलाई कोरोना संक्रमण देखिएको हो।

अन्य सम्बन्धित समाचार:  राष्ट्रियसभा उपचुनावमा एमालेको उम्मेदवार गृहमन्त्री बादल नै