भारतमा कोराेनाको कहरः एउटै एम्बुलेन्समा २२ जनाको शव

काठमाडौं। भारतमा कोरोना भाइरस संक्रमणका कारण दैनिक मृत्यु हुनेको संख्या २५ सय नाघ्न थालेको छ। भारतको महाराष्ट्रको बीड जिल्लास्थित अबाजोगाईको स्वामी रामानन्द तीर्थ अस्पतालमा कोरोनाबाट मृत्यु भएका २२ जनाको शव एम्बुलेन्समा राखेर अन्त्येष्टी स्थलमा लगिएको छ।

यो स्तब्ध पार्ने तस्वीर महाराष्ट्रस्थित बीडको हो। महाराष्ट्रमा कोरोनाको स्थिती भयावह बन्दै गएको छ। त्यहाँ दैनिक मृत्यु हुनेको संख्याले नयाँ नयाँ रेकर्ड कायम गर्ने गरेको छ। संक्रमितको शव व्यवस्थापन गर्न अब एम्बुलेन्स पनि नभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

शवबहान नभएका कारण रामानन्द तीर्थ अस्पतालबाट त्यसरी एउटै एम्बुलेन्समा राखेर लगिएको हो। शवलाई अमानविय ढंगले लगेका कारण मानिसहरुले असन्तुष्टि जनाइ रहेको पनि समाचारमा जनाइएको छ। अस्पताल प्रशासनका अनुसार अस्पतालमा जम्मा दुई वटा एम्बुलेन्स रहेको छ। थप मगाइएको एम्बुलेन्सअझै नआइपुगेकोले एउटै एम्बुलेन्समा त्यसरी शव लानु परेको अस्पतालले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  जापानको होक्काइडोमा भूकम्प